लिपुलेक पासमा भारत-चीन सम्झौताविरुद्ध विभिन्न विद्यार्थी संगठनहरुको प्रदर्शन

काठमाडौं । लिपुलेक पासमा भारत र चीनले सम्झौता गरेपछि नेपालमा विभिन्न सत्ता पक्षीय र विपक्षी दलका विद्यार्थी संगठनहरुले विरोध प्रदशन गरेका छन् ।

बिहीबार नेकपा एमालेनिकट अनेरास्ववियु,कांग्रेसनिकट नेविसंघसहितले प्रदर्शन गरेका थिए । त्यस्तै विभिनन् साना दल सम्वद्ध विद्यार्थी संगठनहरुले प्रदर्शन गरेका थिए ।

त्यसैगरी, शुक्रबार माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीले भारतीय दूतावास अगाडि प्रदर्शन गरेको छ । त्यस्तै, उनीहरुले थापाथली पुगेर उक्त सम्झौताविरुद्ध मसाल जुलुससमेत निकालेका छन् ।

 

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *