रोमाञ्चक प्रतिस्पर्धामा पाकिस्तान साहिन्ससँग एक रनले हार्‍याे नेपाल, दीपेन्द्रको अलराउन्ड प्रदर्शन खेर

काठमाडौं । अष्ट्रेलियामा जारी टप इन्ड टि २० सिरिजमा नेपाल पाकिस्तान साहिन्ससँग पराजित भएको छ । दीपेन्द्र सिंह ऐरीले उत्कृष्ट अलराउन्ड प्रदर्शन गरे पनि नेपालको जितका लागि पर्याप्त भएन ।

अन्तिम बलमा नेपाललाई जितका लागि तीन रन चाहिएको थियो । क्रिजमा थिए दीपेन्द्र सिंह ऐरी । उनले आत्मविश्वासपूर्वक रिभर्स स्वीप प्रहार गरे पनि एक रनका लागि मात्रै दौडिन सके । दुई रन पूरा गरेको भए खेल सुपर ओभरमा जाने थियो, तर दीपेन्द्र रनआउट भए ।

नेपाललाई अन्तिम ओभरमा ८ रन चाहिएको थियो भने हातमा पाँच विकेट थिए । नेपालको आज ११ नम्बरसम्मै थियो ब्याटिङ । पहिलो बलमा कुशल मल्लले एक रन लिएर दीपेन्द्रलाई स्ट्राइक दिए । दोस्रो बलमा दीपेन्द्रले खरायोको गतिमा कुदेर तीन रन बटुले ।

अन्तिम चार बलमा नेपाललाई मात्र ४ रन चाहियो । खेल हातमै आइसकेको जस्तो प्रतित भइसकेको थियो । तर तेस्रो बलमा कुशल मल्लले ठूलो सट खेल्ने प्रयास गर्दा स्टम्पिङ हुन पुगे ।

त्यसपछिको बलमा आरिफ शेख डट खेल्दै नेपाली क्याम्पलाई स्तब्ध तुल्याए । पाचांै बलमा आरिफले दुई रन लिन सक्थे, तर अन्तिम बलमा दिपेन्द्रलाई स्ट्राइकमा राख्ने ध्येयले एक रनमै रोकिए । सायद त्यसमा दुई रन लिएको भए खेलको नतिजा फरक आउन पनि सक्थ्यो ।

अन्तिम बलमा नेपालले कम्तिमा एक रन बटुलेर सुपर ओभरमा जाने सम्भावना पनि हुन्थ्यो । खैर, नेपाली फ्यानहरुको फेरि एकपटक हार्ट ब्रेक भएको छ । नेपाल प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाउन चुक्यो ।

Comments

One response to “रोमाञ्चक प्रतिस्पर्धामा पाकिस्तान साहिन्ससँग एक रनले हार्‍याे नेपाल, दीपेन्द्रको अलराउन्ड प्रदर्शन खेर”

  1. ksp pyl Avatar
    ksp pyl

    नेपालको हुने नै यस्तै हो । जित्छजस्तो गर्छ हार्छ । जित्लाजस्तो हुन्छ हार्छ । सतीले सरापेको देश भनेको यस्तै हो ? दुई पटक राष्ट्रपति खाएर लाजै नमानी पार्टी सदस्यता चाहियो भन्दै हिडने चरम अनैतिक, अराजक, दलालहरूको देश हो यो। विचारगरौं यस्तो देशमा केही होला ? ४० वर्षदेखि अध्यक्ष खाएर पार्टीलाई प्राईभेट लिमिटेड जस्तो बनाएर हिडेको छ ।कसैले पार्टी सुधार्नुपर्यो भनेमा निकालिदिन्छु भन्छ । यस्ता दलाल, विदेशीका भाडाका टट्टु भएको देशमा केही हुन्छ ? यिनलाई हुम्लाका गाउँमा पहरा फुटाउन लगेमात्र देशमा केहि होला ।खेलाडीले पनि जित्लान । अरूको पनि मौका आउला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *