विद्या निवासमा तीजको रमझम, एमाले नेतृहरू को-को पुगे ? (तस्बिरहरू)

काठमाडौं । पूर्वराष्ट्रपति एवं नेकपा एमालेकी पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारीले तीजको पूर्वसन्ध्यामा दर कार्यक्रम राखेकी छिन् ।

तीज विशेष कार्यक्रममा भण्डारीको निम्तो मान्न एमाले पोलिटब्युरो सदस्य, जनप्रतिनिधि, जनवर्गीय संगठनका नेतृहरू भंगाल पुगेका थिए । उनीहरूले त्यहाँ नाचगानसहित शुभकामना साटासाट गरे ।

एमालेले सदस्यता नवीकरण नगर्ने निर्णयसँगै च्यासलको ढोका बन्द गरेपनि भण्डारीले राजनीतिक गतिविधि बढाएकी छन् ।

Comments

4 responses to “विद्या निवासमा तीजको रमझम, एमाले नेतृहरू को-को पुगे ? (तस्बिरहरू)”

  1. prem khatry, prof TU Avatar
    prem khatry, prof TU

    पार्टी सदस्यता अाफनाे ठाउँमा हाेला, छ तर जनवर्गीय संगठन नै एकठाउँमा बस्ने प्रतिबद्धता लिएर विद्याजीलाइ हाैसला दिन यसरी गएपछि र यसले भाेलिका दिनमा निरन्तरता पाएपछि कति तुक्काकाे जन्म र मरण ह्रुने भयाे । अाधाभनदा धेर अाकाश यसरी एकसाथ छाैं भन्ने सन्देश लिएर जानु कतिकाे लागि टाउकाे दुखाइकाे विषय भयाे । वली साहित्यमा अब तुक्का एक हँसिलाे विधा नरहने डर भाे । शु्भकामना म्याम र तीज टाेलीमा ।

  2. ksp pyl Avatar
    ksp pyl

    महिलाहरूले तीज मान्नु त ठूलो कुरा भएन ।तर राजनीति गर्न खोज्या हो भने कहिल्यै सफल हुदैनन् । स्वार्थी, अनैतिक र हरूवाहरू एक ठाउँमा भेला भएका हुन् । हिजो बोलेको सुनौं न विद्याले । कसैको गोटी भएर एमाले कमजोर बनाउन विद्या हिडेकी छन् है एमालेजन । बेलैमा सोच । दलाल र खान हिडेकाहरू त लाग्ने कराउने नै भए । सच्चा एमालेजन हो भने विद्याजस्ता दुईपटक राष्ट्रपति भएर लाजै नमानी वडा अध्यक्ष खान हिडनेको पछि लाग्दैनन ।

  3. हलुवाकाका Avatar
    हलुवाकाका

    मन दुखाई हुनेहरु मलम पट्टीका खातिर तीजको दर खान गएका रैछन ।

  4. Nick Kashyap Avatar
    Nick Kashyap

    ढोंगी मार्क्सबादीहरू ले हामी हिन्दूहरूको चाड किन मनाउनु पर्ने? यो बिध्या मार्क्सबादी र यसका चेलाहरुले हाम्रो हिन्दुहरूको चाड मनाएर हाम्रो अपमान गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *