नक्कली शैक्षिक प्रमाणपत्र छपाइमा मुछिएका कँडेललाई रास्वपाले गर्‍यो निलम्बन

काठमाडौं । नक्कली शैक्षिक प्रमाणपत्र बनाउन संलग्न भएको आरोपमा पक्राउ परेका रास्वपा बागमती प्रशिक्षण विभागका संयोजक हरिप्रसाद कँडेललाई पार्टीले निलम्बन गरेको छ ।

रास्वपाको केन्द्रीय अनुशासन आयोगले कँडेललाई कुनै पनि जिम्मेवारीमा नरहने गरी निलम्बन गरेको हो ।

आयोगका कार्यवाहक प्रमुख रमाकान्त रिमालले कँडेललाई पठाएको पत्रमा लेखिएको छ, ‘हाल आएका सूचनाहरूको आधारमा नेपाल सरकारको अद्यावधिक कानून विपरीतका कार्यहरु नक्कली शैक्षिक प्रमाण पत्र छपाईमा संलग्न भनी रूपन्देही जिल्ला प्रहरी कार्यलयबाट प्रकाउ गरिएको सूचना प्राप्त भएको हुँदा सो विषयमा प्रहरीको आवश्यक छानबिन र अनुसन्धानका क्रममा सहजता पुर्‍याउने उद्देश्यका साथै प्रमाणित भएमा अन्य थप कारबाही समेत हुन सक्ने गरी हाल तपाईँलाई पार्टीको कुनै पनि जिम्मेवारीमा नरहने गरी निलम्बन गरिएको जानकारी गराउँदछौं ।’

रुपन्देही प्रहरीले गत साउन ३० गते बेलहिया बसपार्कस्थित होटल मुक्तिनाथ परिसरबाट ठूलो मात्रामा विभिन्न विश्वविद्यालयका नक्कली शैक्षिक प्रमाणपत्रसहित भारतको कानपुर नौबस्तीका २५ वर्षीय अभिषेक यादवलाई पक्राउ गरेको थियो ।

उनको साथमा नेपाली तथा भारतीय विश्वविद्यालयका नक्कली कागजात र ती बनाउन प्रयोग हुने सामग्री समेत फेला परेको थियो । तीनै यादवको बयानका आधारमा कँडेललाई पक्राउ गरिएको हो ।

Comments

2 responses to “नक्कली शैक्षिक प्रमाणपत्र छपाइमा मुछिएका कँडेललाई रास्वपाले गर्‍यो निलम्बन”

  1. ram bhattarai Avatar
    ram bhattarai

    निलम्बन गर्नुको सट्टा राज्यले प्रतिशोध साँध्यो भन्दै कँडेलको पक्षमा पनि हस्ताक्षर अभियान चलाएको भए हुनेथ्यो !!

  2. हलुवाका का Avatar
    हलुवाका का

    मन नपरेका पार्टीका कार्यकर्ता पनि मन पर्दैनन । झुठ्ठा आरोप मात्र हो । त्यस्तो गतिविधि गर्नेलाई रास्वपाले नारायणीमा बगाउन वेर लाउदैन । त्यतिकैमा दोष लाउने ? जान्नेलाई छान्ने त्यसै भनेको होइन त ! तर धन्न ३ महिना अघि नै निलम्बन गरी सकेको थियो भनेर वक्तव्य आएन !!

Leave a Reply

Your email address will not be published. Required fields are marked *