प्रधानमन्त्रीलाई रामहरिको सुझाव- चीन-भारतका प्रमुखसँग आफ्नो स्ट्यान्ड राखेर सीमाबारे कुरा गर्नुस्

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले लिपुलेकबारे चीन र भारतबीचको सम्झौताको विरोध गर्दै तत्काल कूटनीतिक पहल गर्न सरकारसँग माग गरेका छन्।

प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रधानमन्त्री केपी ओलीको चीन र भारत भ्रमणका यो विषयलाई उच्चस्तरमा उठाउनुपर्ने बताए।

उनले भने, ‘सीमा विवादजस्ता संवेदनशील मुद्दामा दल, जात वा समूहभन्दा माथि उठी राष्ट्रिय स्वाभिमान र एकताका लागि सबै नेपाली एकजुट हुनुपर्छ। प्रधानमन्त्रीको दुवै देशको भ्रमणमा पनि दुवै सरकारका प्रमुखसँग आफ्नो स्ट्यान्ड राखेर कुरा होस् र यो समस्या समाधान होस्।’
उनले सबै पार्टीहरू स्वाभिमान र राष्ट्रिय एकता पक्षको पक्षमा उभिनुपर्ने बताए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *