कोशीमा आमसञ्चार विधेयक खारेजीको मागसहित पत्रकार आन्दोलित (भिडिओ)

विराटनगर । कोशी प्रदेशसभाको न्याय प्रशासन तथ विधायन समितिबाट पास भएको आम सञ्चार विधेयक खारेजीको मागसहित पत्रकार आन्दोलित भएका छन् ।

प्रदेशसभा सचिवालय अघि पत्रकारहरूले विरोध जनाए । नेपाल पत्रकार महासंघको आव्हानमा भएको प्रदर्शनका क्रममा प्रहरीले हस्तक्षेप गरेको छ ।

कोशी प्रदेश सरकारले ल्याउन लागेको उक्त विधेयकमा मिडिया हाउस र पत्रकारलाई सञ्चार रजिष्ट्रारले जरिबाना तिराउन सक्ने प्रावधान राखिएपछि पत्रकारसम्वद्ध संघसंगठनले संशोधनको माग राखेका थिए ।

छलफलका क्रममा दिइएका सुझाव सम्बोधन नभएपछि पत्रकारहरू आन्दोलनमा निस्किएका हुन् ।

Comments

One response to “कोशीमा आमसञ्चार विधेयक खारेजीको मागसहित पत्रकार आन्दोलित (भिडिओ)”

  1. ksp pyl Avatar
    ksp pyl

    पत्रकारका नाममा अराजक भएर खान नपाएर ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *