दाङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता हरिप्रसाद कँडेल नक्कली शैक्षिक प्रमाणपत्र बनाउन संलग्न भएको आरोपमा पक्राउ परेका छन् । चितवनको कालिका नगरपालिका ५ पदमपुरका हरिप्रसाद कँडेललाई भदौ ४ गते रुपन्देही प्रहरीले पक्राउ गरेको हो ।
कँडेल रास्वपाको बागमती प्रदेश प्रशिक्षण विभाग संयोजक हुन् । रुपन्देही प्रहरी प्रमुख एसपी प्रदीप क्षेत्रीका अनुसार कँडेललाई चितवनबाट पक्राउ गरी रुपन्देही ल्याइएको छ । कँडेलमाथि नक्कली शैक्षिक प्रमाणपत्र बनाएको कसुरमा अनुसन्धान सुरु भएको एसपी क्षेत्रीले जानकारी दिए ।
रुपन्देही प्रहरीले गत साउन ३० गते बेलहिया बसपार्कस्थित होटल मुक्तिनाथ परिसरबाट ठूलो मात्रामा विभिन्न विश्वविद्यालयका नक्कली शैक्षिक प्रमाणपत्रसहित भारतको कानपुर नौबस्तीका २५ वर्षीय अभिषेक यादवलाई पक्राउ गरेको थियो । उनकाे साथमा नेपाली तथा भारतीय विश्वविद्यालयका नक्कली कागजात र ती बनाउन प्रयोग हुने सामग्री समेत फेला परेकाे थियो । यादवको बयानका आधारमा कँडेललाई पक्राउ गरिएको हो ।

Leave a Reply