काठमाडौं । इजरायलले गाजामा मारेका मानिसहरूमध्ये ८३ प्रतिशत निर्दोष सर्वसाधारण रहेको पुष्टि भएको छ । द गार्जियनले इजरायली सेनाकै आन्तरिक रिपोर्टलाई उद्धृत गर्दै प्रकाशित गरेको विशेष रिपोर्टमा गाजामा मारिएका प्रत्येक ६ जना प्यालेस्टिनीमध्ये ५ जना निर्दोष सर्वसाधारण परेको उल्लेख छ ।
विगत २ वर्षको बीचमा इजरायलले गाजामा ६५ हजारभन्दा बढी मान्छेको हत्या गरिसकेको छ । तीमध्ये करिब ८ हजार ९ सय मात्र हमास लडाकु आबद्ध रहेका छन् ।
द गार्जियन र प्लस ९७२ म्यागेजिनले लोकल कलसँग मिलेर गरेको संयुक्त अनुसन्धानका क्रममा ५३ हजारभन्दा बढी मृतक भने निर्दोष र निहत्था नागरिक रहेको पुष्टि भएको छ । तीमध्ये ४० प्रतिशतभन्दा बढी बालबालिका छन् । यो नरसंहारलाई शताब्दीकै बीभत्स र विस्मयकारी जातीय संहार मानिएको छ । यो अनुसन्धानको रिपोर्टलाई इजरायली सेनाले पनि अस्वीकार गर्न नसकेको गार्जियनले उल्लेख गरेको छ ।

हालै इजरायलको च्यानल १२ मा प्रसारित एउटा लिक भएको अडिओमा सैन्य गुप्तचर विभागका तत्कालीन प्रमुख अहारोन हालवाले गाजामा ५० हजार मान्छे मारिएको कुरा भावी पुस्ताका लागि जानकारी हुनुपर्ने भनेका छन् । यसको अर्थ उनले हमासबाट मारिएका प्रत्येक एक जनाको हकमा ५० प्यालेस्टिनीहरु मरिनुपर्ने भनिएको छ ।
अडिओमा उनले भनेका छन्–५० हजार प्यपालेस्टिनी मारिएको कुरा भावी सन्ततिलाई भन्नुपर्छ । हाम्रो एकजना बराबर उनीहरू ५० जना मारिनुपर्छ । परिणामहरू महसुस गर्न उनीहरूलाई बेलाबेलामा एक नाक्बा चाहिन्छ।
नाक्बा अर्थात “विपत्ति” ले १९४८ मा इजरायलको निर्माणको लागि सहज बाटो बनाउन प्यालेस्टिनीहरूको हत्या र जातीय सफायालाई जनाउँछ ।

Leave a Reply