दाङ । रोल्पामा अरिङ्गालको टोकाई बाट एक जना विद्यार्थीको मृत्यु भएको छ, भने सात जना बिरामी परेका छन् ।
त्रिवेणी ७ तिला स्थित वीरेन्द्र माध्यमिक विद्यालय गाङका विद्यार्थी विद्यालयबाट घर फर्किने क्रममा नजिकैको जंगलमा अरिङ्गालको टोकाइमा परेका थिए ।
अरिङ्गालको टोकाइबाट शिशु कक्षामा अध्ययनरत ७ वर्षीय मोहन परियारको मृत्यु भएको प्रधानाध्यापक वरमान बुढाले जानकारी दिए ।
उनको जिल्ला अस्पताल रेउघामा उपचारको क्रममा आज बिहान १ः३० बजे मृत्यु भएको हो । उनका अनुसार कक्षा ५ मा अध्ययनरत शंकर परियारको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
सुनिता परियार (कक्षा १०), मनिषा परियार (कक्षा ४), कमल परियार (कक्षा के.जी.) र आशिष परियार (कक्षा शिशु) को राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही दाङमा उपचार भइरहेको छ ।

Leave a Reply