तत्काल कवाडी नहटाउन महानगरलाई अदालतको अल्पकालीन अन्तरिम आदेश

काठमाडौं । उच्च अदालत पाटनले तत्काल कवाडी नहटाउन अल्पकालिन अन्तरिम आदेश जारी गरेको छ । अदालतले काठमाडौं महानगरका नाममा तत्काल कवाडी नहटाउनु भनी अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।

माँ राजदेवी टेर्डसको सञ्चालक रन्जुदेवीले काठमाडौं महानगरपालिका वडा नम्बर ५ को वडा कार्यालय विरुद्ध मुद्दा दायर गरेको थियो । न्यायाधीश सूर्यप्रसाद पराजुलीको एकल इजलासले सो आदेश जारी गरेको हो । वडा कार्यालयबाट असार २३ गते ७ दिनभित्र कवाडी हटाउने निर्णय गरेको थियो ।

तर राजदेवी टेर्डस कवाडी हटाउने निर्णयको खारेजको माग गर्दै अदालत पुगेको हो । काठमाडौं महानगरपालिकाले पछिल्लो समय महानगरको क्षेत्रभित्र रहेका कवाडी हटाउँदै आइरहेको थियो । कवाडी व्यवसायीहरुले महानगरले कवाड व्यवसायीमाथि अत्यचार गरेको भन्दै विभिन्न निकायमा ध्यानाकर्षण गराउँदै आएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *