बहुप्रतीक्षित शिक्षा विधेयक संसदीय समितिबाट पारित, माओवादीसहित ३ दलले राखे फरक मत

काठमाडौं । माओवादी केन्द्रसहित ३ दलको फरक मतका बीच विद्यालय शिक्षा विधेयक संसदीय समितिबाट पारित भएको छ । प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा छलफलमा रहेको उक्त विधेयक समितिको बिहीबारको बैठकबाट बहुमतले पारित भएको छ ।

माओवादी केन्द्रसँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले फरक मत पेश गरेको हो ।

माओवादी केन्द्रका सांसद देवेन्द पौडेल, रेखा शर्मा, ज्ञानु बस्नेत, महिन्द्रराय यादवले फरक मत राखेका छन् भने रास्वपाका सांसद सुमना श्रेष्ठ र राप्रपाका सांसद बिना जैसवालले फरक मत राखेका हुन् ।

विधेयकमा लामो समयदेखि विवाद हुँदै आएको आवासीय विद्यालयमा छात्रवृतिको विषय पनि टुंगो लगाएको छ । जसमा सरकारले साढे २ प्रतिशत छात्रवृति प्रस्ताव गरेकोमा ३ प्रतिशतमा सहमति भएको छ ।

Comments

One response to “बहुप्रतीक्षित शिक्षा विधेयक संसदीय समितिबाट पारित, माओवादीसहित ३ दलले राखे फरक मत”

  1. ksp pyl Avatar
    ksp pyl

    Good.

Leave a Reply

Your email address will not be published. Required fields are marked *