मदन भण्डारी फाउण्डेशन केपी ओलीले बोकेको विचारको झण्डासँग जोडिएको छ : ईश्वर पोखरेल (भिडिओ)

काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले मदन भण्डारी फाउण्डेशन पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको वैचारिक संघर्षसँगै जन्मिएको स्पष्ट पारेका छन् ।

फाउण्डेशनको सम्पर्क कार्यालय उद्घाटन समारोहमा वरिष्ठ उपाध्यक्ष पोखरेलले ओलीको सान्निध्य पाएर यो फाउण्डेशन अघि बढेको स्मरण गराए ।

पूर्वराष्ट्रपति विद्या भण्डारीलाई एमालेको पूर्वउपाध्यक्ष भन्दै सम्बोधन गरेका पोखरेलले ओलीमाथि पार्टीभित्रैबाट अनेक आरोप लाग्दा यहि फाउण्डेशनबाट वैचारिक लडाईँ लडिएको बताए ।

पोखरेलले पार्टीभित्र ओलीले विचारको झण्डा बोकेर हिँडेका बेला फाउण्डेशन महत्वपूर्ण ढंगले जोडिँदै आएको बताए ।

Comments

2 responses to “मदन भण्डारी फाउण्डेशन केपी ओलीले बोकेको विचारको झण्डासँग जोडिएको छ : ईश्वर पोखरेल (भिडिओ)”

  1. kumar Khadka Avatar
    kumar Khadka

    पार्टीको मुल नेतृत्व/शत्ता बैकल्पिक धारको मार्गदर्शक कार्यनीतिक नारा जबज !!

    1. bharat kumar thapa Avatar
      bharat kumar thapa

      पार्टी नेतृत्व अलि असहिष्णु भयो भन्ने मलाई लाग्यो नेकपा एमालेलाई सबैले माया गर्न पाउनुपर्छ म विद्या भण्डारीलाई पनि र नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री ज्युलाई पनि समान दृष्टिकोणबाट हेर्छु र उहाँको टिममा नसमेटिएका नेता कार्याकर्ताविद्या कमरेड को टिमबाट एमालेलाई फलाउने फुलाउने पक्षमा काम गर्ने छन् प्रधानमन्त्रीलाई पनि समस्या छ किनकि शेरबहादुर देउवालाई वाम एकता होला भन्ने डर छ विद्या भण्डारीलाई पार्टी नेतृत्वमा आउन नदिने सर्तमा यो गठबन्धन रहन्छ भनेपछि मान्नै परो यावत बिषय हो म नेकपा एमाले सबैको पार्टी हो समयले जसलाई नेतृत्वमा ल्याउनुपर्ने हुन्छ सम्पूर्ण पार्टी सदस्य एकैठाउमा रहिहाल्छन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *