विद्याको सम्पर्क कार्यालय उद्घाटनमा पुगे एमालेका तीन पदाधिकारी, अरु नेता को-को गए ?

काठमाडौं । पूर्वराष्ट्रपति एवं नेकपा एमालेकी पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारीले बानेश्वर थापागाउँस्थित लाखेचौर मार्गमा सम्पर्क कार्यालय उद्घाटन गरेकी छन् ।

एमालेले पार्टीमा फर्किन निषेध गरेपछि विद्यालय ‘मदन भण्डारीको हीरक जयन्ती मूल व्यवस्थापन समिति’ को यही कार्यालयमार्फत् राजनीतिक गतिविधि अघि बढाउन लागेकी हुन् ।

उद्घाटन समारोहमा एमालेका तीन पदाधिकारी पुगेका छन् । वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षद्वय सुरेन्द्र पाण्डे र युवराज ज्ञवाली पुगेका हुन् ।

व्यवस्थापन समितिका संयोजक पूर्वमुख्यमन्त्री डोरमणि पौडेललगायतका एमालेका नेता कार्यकर्ताको बाक्लो उपस्थिति छ ।

पेशागत महासंघका अध्यक्ष पुन्य ढकाल, संविधानसभा सदस्य विकास लम्साल, कृष्णप्रसाद दाहाल, स्थायी कमिटी सदस्य कर्ण थापा, विद्यार्थी र युवा नेता प्रकाश पौडेल र सुमन पुरी, बागमतीका पूर्वसभामुख सानुकुमार श्रेष्ठ, पूर्वमन्त्री एवं केन्द्रीय सल्लाहकार युवराज कार्की, केन्द्रीय सदस्य बाबुराम थापा, काठमाडौंका पूर्वउपमेयर विदुर मैनाली, प्रतिनिधिसभा सदस्य सरिता न्यौपाने, पत्रकारका नेता राजेश राई, युवा संघका पूर्वउपाध्यक्ष रोशन बस्नेतलगायत देखिएका छन् ।

Comments

5 responses to “विद्याको सम्पर्क कार्यालय उद्घाटनमा पुगे एमालेका तीन पदाधिकारी, अरु नेता को-को गए ?”

  1. bharat kumar thapa Avatar
    bharat kumar thapa

    नेकपा एमालेलाई माया गर्नेहरू समुह हो यो पार्टी अध्यक्ष लगायतको टिम सगं असन्तुष्ट हरू यहाँ रहनेछन् मेरो पनि समर्थन छ

    1. Er. Binod Basnet Avatar
      Er. Binod Basnet

      खुल्कियो, आफु सत्तामा हुँदा बुढो को बारे १ शब्द नबोल्ने अहिले फेरि मदन मदन वाहियात
      मदन को नाम बेच्यो पद खायो बेगर के छ छमता बिध्याको

      1. ksp pyl Avatar
        ksp pyl

        सबै पूर्व र हारेकाहरू भेला हुने र एमालेको सत्तो सराप गरेर एमाले विरोधीहरूको वाहवाह पाउने क्लव हो यो । न विद्यासँग केही गर्ने खुबी छ , न नैतिकता छ, न त्याग छ । भेलामा गएका कतिपयले एमालेमा ७० वर्षे र दुई कार्यकालको कुरा जोडतोडले उठाएको पनि देखियो । तर तिनै अनैतिकहरूले दुईपटक राष्ट्रपति भएर राज्यको सम्मानित पदमा पुगेको व्यक्तिले पुनः राजनीतिमा चाहिँ आउन हुन्छ भनेर दुई जिब्रे कुरा पनि उत्तिकै ज‍ोडतोडले उठाएको सुनियो । अब त यिनीहरू कतै एमाले कमजोर बनाउन हिडेका विदेशीका भाडाका टट्टुहरू त होईनन भनेर शंका गर्ने ठाउँ रह्यो । भाडाको टट्टु भएबापत खान लाउन दिईहाल्छ । काठमाडौंमा बस्यो एमाले हुँ भन्यो अनि गाली चाहिँ केवल एमालेलाई गर्यो । ओलिले बिग्रिसकेको अर्थतन्त्रलाई लयमा ल्याईसके । प्रचण्डले बिगारेको अर्थतन्त्र अहिले लयमा आएको घाम जत्तिकै छर्लङ्ग छ । अस्ति विद्या चाहिँ खुट्टाले टेक्नुपर्ने अर्थतन्त्र टाउकाले टेकेको छ भन्छे । के भनेको त्यो ? बुझेर भनेको कि जसरी पनि ओलिलाई खुईल्याउने भनेर बोलेक‍ो ? यस्तालाई राष्ट्रपति बनाएर एमालेले ठूलो गल्ती गरेछ भन्छु म त । राष्ट्रपति त के वडासदस्य पनि हुने हैसियत रहेनछ ।खतरनाक खलनायक । विद्यालाई पार्टीमा ल्याउनुपर्छ भन्ने पनि वडा सदस्य समेत हुन लायक नरहेका अनैतिक, भ्रष्टहरू हुन् । अब एमालेले विद्याको कुनै पनि कार्यक्रममा जाने नेतालाई, बढाईचढाई गरेर समाचार बनाउने पत्रकारलाई एमालेबाट निकालिदिनुपर्छ । बेलैमा बढार्नुपर्छ यिनलाई ।

  2. Bhupendra karki Avatar
    Bhupendra karki

    इस्वर सरलाइ फेरि समानुपातिक चाहिएको हो। पान्डे र ग्यवाली सदाबहार केपि मन नपराउने भैगए। चुनाव जित्न अब सकिन्न। समानुपातिकको “आसे” खेतिमा लाग्नै पर्यो। सरिता त कुनै नेता नै होइन। डोरमणीले बुढेसकालमा बुद्धि बिग्रेको हो। सानू त कहिल्यै “ठूलो” बन्नै नसक्ने सोच रहेछ।

  3. ksp pyl Avatar
    ksp pyl

    हेर्दा एमालेजस्ता देखिए पनि यी भनेका एमाले विरोधी हुन् । यिनलाई अब पार्टीमा कुनै स्थान दिन आवश्यक छैन । दुई पटक राष्ट्रपति भएको व्यक्तिलाई वडाअध्यक्ष खुवाउन हिडेका चरम अनैतिकहरू हुन यिनीहरू ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *