रवि र छवि तुलना गर्दै गगनको गुनासो- सिंगो देश एउटा ठगी अभियुक्तको अघिपछि घुमेको छ (भिडिओ)

काठमाडौं । नेपाली कांग्रेसमा महामन्त्री गगन थापाले रास्वपा सभापति रवि लामिछानेलाई लक्षित गर्दै सिंगो देश एउटा ठगी अभियुक्तको अघिपछि घुमेको टिप्पणी गरेका छन्।

प्रतिनिधि सभाको बैठकमा बोल्दै कांग्रेस, एमाले, माओवादीमा आबद्ध भएका दर्जनौँ मान्छेहरू पनि सहकारी ठगी आरोपमा थुनामा गएको बताए।

उनले भने, ‘कांग्रेस, एमाले, माओवादीमा आबद्ध भएका दर्जनौँ मान्छेहरू कोही धरौटीमा छुटे, कोही थुनामा छन्, कोही फरार छन्। गोर्खा मिडियामा आबद्ध भएका मान्छेहरू पनि भित्र छन्। तर एउटा ठगीको अभियुक्तको वरिपरि बहस घुमेको छ। नयाँ पार्टी आयो, नयाँ पार्टीसँग अपेक्षाहरू भए। आफ्नो पार्टीका नेतालाई सरकारले पूर्वाग्रह राख्यो कि भन्ने कुरा पनि अस्वभाविक होइन।’

उनले सातवटा अदालतले छाड्न अस्वीकार गरेको अभियुक्तलाई भेट्न पूर्वप्रधानमन्त्रीहरुको दौड चलिरहेको टिप्पणी गरे।

Comments

4 responses to “रवि र छवि तुलना गर्दै गगनको गुनासो- सिंगो देश एउटा ठगी अभियुक्तको अघिपछि घुमेको छ (भिडिओ)”

  1. bharat kumar thapa Avatar
    bharat kumar thapa

    रवी मात्र होइन उनको पुरै टिम तपाईंको साथी स्वर्णिम वाग्ले मनिष झा डोरप्रसाद जस्तालाई छविलाल जस्ताको समर्थन मुलुकको दुख हो

    1. suresh Avatar
      suresh

      सहि कुरो गरे!

  2. suresh Avatar
    suresh

    सहि कुरो गरे!

  3. Abiral Lamichhane Avatar
    Abiral Lamichhane

    म RSP को सपोर्टर हो । RSP देखेर दुख लाग्छ्, मैले सदस्यता त्यागिदिइसके ।
    पु रा ना पार्टिका ठग हरूले यो पार्टी कब्जा गरिसके ।
    अन्जान मा एउटा गल्ती हुन सक्छ , दुइटा पनि होला ल, तर कान्डै कान्डै बोकेर त अघी बढ्न सकिन्न नि ।
    पुरा न पार्टी र हाम्रो मा के परक भयो त ? नोन-सेन्स ।
    I do not like Gagan Thapa, but here his opinion makes sense.

Leave a Reply

Your email address will not be published. Required fields are marked *