काठमाडौं । शहरी विकास मन्त्रालयअन्तर्गतका प्राथमिकता प्राप्त आयोजनाहरुको मन्त्रालयबाटै अनुमगन गर्न अनलाइन अनुगमन कक्षको शुभारम्भ गरिएको छ ।
बिहीबार मन्त्रालयमा उपप्रधान एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले अनलाईन अनुगमन कक्षको शुभारम्भ गरेका हुन् ।
अनुगमन कक्षबाट प्राथमिकतामा रहेका आयोजनामा भइरहेको गतिविधि प्रत्यक्ष रुपमा हेर्न सक्ने व्यवस्था गरिएको छ ।
अनुगमन कक्षको शुभारम्भ गर्दै सिंहले प्रविधिको सदुपयोग गरेर आयोजनाको कार्यलाई तीव्रता दिनका लागि अनलाईन अनुगमन गर्न खोजिएको बताए । यसका साथै फिल्डमा नै गएर समेत अनुगमन गरिने उनको भनाइ छ ।
सिंहले आयोजना निर्माणका क्रममा देखिन सक्ने समस्यालाई समेत समाधान गर्न सहज हुने बताए ।
निरन्तरको अनुगमनपछि आयोजनाहरु समयमा नै सम्पन्न हुन मद्दत पुग्ने उनको विश्वास छ । उनले अनुमगन कक्षको अधिकतम सदूपयोग गर्न निर्देशन समेत दिए ।

Leave a Reply