नेपाली भूमिको रक्षा गर्न यथाशीघ्र पहल थाल्न सरकारसँग रास्वपाको माग (भिडिओ)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले नेपाली भूमिको रक्षा गर्नको लागि यथाशीघ्र पहल थाल्न सरकारसँग माग गरेको छ।

प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद शिव नेपालीले भारत र चीनबीच लिपुलेक हुँदै व्यापार सञ्चालन गर्ने गरी भएको सहमतिप्रति ध्यानाकर्षण गराएका हुन्।

उनले भने, ‘लिपुलेक र कालापानीलगायतको भूभाग छिमेकी देशहरूले प्रयोग गर्ने भन्ने कुरा आएको छ। नेपालको भूभागको संरक्षण गर्नको लागि सरकारले यथाशीघ्र पहल गर्नेछ भन्ने विश्वास हामीले लिएका छौँ।’

यस्तै, उनले देश हाँक्नेहरुले संविधानको रक्षा गर्नुपर्नेमा अपमान गरिरहेको टिप्पणी गरे।

भ्रष्टाचार नियन्त्रण गरेर जनताको जीवनस्तर सुधार्न केन्द्रित हुनुपर्ने सरकार उल्टै मानव तस्करी गर्नेको संरक्षणमा लागेको आरोप लगाए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *