गाजा कब्जा गर्न इजरायलले थाल्यो सैन्य कारबाही, पहिलो दिनमै ८१ प्यालेस्टाइनको हत्या

काठमाडौं । विश्वभर आलोचना भइरहेका बेला इजरायलले गाजा पट्टी कब्जा गर्ने घोषणाअनुरूप सैन्य कारबाही थालेको छ । यस क्रममा आज मात्रै इजरायली सेनाले कम्तीमा ८१ जना प्यालेस्टाइनी नागरिकको हत्या गरिसकेको अलजजिराले जनाएको छ ।

गाजा कब्जा गर्नका लागि इजरायलको रक्षा मन्त्रालयले सेनालाई अनुमति दिएको छ । हमासले युद्धविराममा सहमति जनाए पनि इजरायलले निर्दोष नागरिकको हत्या अभियान जारी राखेको छ ।

रोयटर्सका अनुसार हमासले इजरायलमाथि युद्धविराम सम्झौतामा अवरोध गरेर निर्दोष नागरिकमाथि बर्बर दमन जारी राखेको आरोप लगाएको छ ।

यसैबीच २२ महिना लामो युद्धमा युद्धविराम सुनिश्चित गर्न मध्यस्थकर्ताहरूले प्रयास गरिरहेको बेला इजरायलले गाजा कब्जा गर्न ६० हजार रिजर्भ सेना समेत मैदानमा लड्न बोलाएको छ ।

गाजाका सबैभन्दा घना जनसंख्या भएको क्षेत्रहरूमा अपरेशन सुरु गर्ने योजनालाई कार्यान्वयन गर्न सेनाले यसले ६० हजार रिजर्भ फोर्सलाई बोलाएको हो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *