विश्वप्रकाशलाई शंकरको जवाफ- देउवाजी एक कार्यकाल पनि प्रधानमन्त्री हुन पाउनुभएको छैन, उदेकलाग्दो बहस छाड्नुस्

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपालको राजनीति दुई धारमा ध्रुविकृत हुन अनिवार्य रहेको बताएका छन्। स्व. प्रदीप गिरीको स्मृति सभालाई सम्बोधन गर्दै संविधानअनुसार एउटै बाटोमा हिँड्न धेरै दल आवश्यकता नभएकाले ध्रुविकरण आवश्यक रहेको बताए।
उनले राजनीतिक अस्थिरताकै कारणले शेरबहादुर देउवा पाँच पटक प्रधानमन्त्री बन्नुपर्ने परिस्थिति आएको बताए।

उनले भने, ‘राजनीति स्थायित्व भएको भए उहाँ ५ पटक प्रधानमन्त्री हुने कुरा उहाँको उमेरले पनि दिँदैनथ्यो। एउटा कार्यकालमा ५ वर्ष प्रधानमन्त्री भएको भए ५ वटा प्रधानमन्त्री हुँदा २५ वर्ष हुन्थ्यो। त्यो सम्भव थिएन। त्यसैले हाम्रो चुनौती नै राजनीतिक अस्थिरता हो।’

उनले अब चुनावी गठबन्धन नभई नीतिको आधारमा जनमतलाई धु्रविकरण गर्नुपर्ने बताए। उनले अहिले सरकार बनाउनको लागि आधा दर्जन दललाई विश्वासमा लिनुपर्ने परिस्थिति रहेको बताए।

उनले अगाडि भने, ‘कहिलेकाहीँ नेपाली कांग्रेसभित्रै बहस चलेको सुन्दछु म। उदेकलाग्दो छ। नेपाली कांग्रेसकै एक जना महामन्त्रीले भनेको सुनेँ। शेरबहादुर दाइ कति पटक प्रधानमन्त्री हुनेरु अब अरूलाई दिनुपर्दछ। यो प्रधानमन्त्री भन्ने कुरा पालोको कुरा हो ररु विश्वासको कुरा हो। पार्टीको विश्वास र कार्यकर्ताको विश्वासको जगमा प्रधानमन्त्रीको नेतृत्व प्राप्त हुन्छ। यति कुरा त लोकतन्त्रमा बुझ्नुपर्‍यो यो नि। यो आलोपालोको कुरा हो र ?’

कांग्रेसमा महामन्त्री विश्वप्रकाश शर्माले सभापति देउवा ५ पटक प्रधानमन्त्री भइसकेको भन्दै अब नयाँलाई छाड्न पार्टी बैठकमा पटकपटक प्रस्ताव राख्दै आइरहेका छन्। उनले देउवा पाँच पटक प्रधानमन्त्री हुँदा एक कार्यकाल पनि हुन नपाएको बताए।

उनले थपे, ‘एक कार्यकाल भनेको त पाँच वर्ष होला नि। नेपालको राजनीतिको कमजोरीको दण्ड देउवाजीले व्यहोर्नुपर्नेरु राजनीति अस्थिर रहने, त्यसपछि हामी कति पटक प्रधानमन्त्री भएको भन्ने अर्थमा नेतृत्वको समीक्षा गर्ने यो उचित तरिका हुन सक्दछरु’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *