रवि लामिछानेलाई भेट्न नख्खु जेल जाँदै प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नख्खु कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई भेट्न जाने भएका छन् ।

आज साँझ ६ बजे जान लागेको रास्वपा प्रवक्ता मनिष झाले बताए । लामिछानेलाई गत शनिवार रुपन्देही कारागारबाट नख्खु सरुवा गरेर ल्याइएको थियो ।

लामिछाने पुर्पक्षका लागि थुनामा परेपछि प्रचण्डले पहिलो पटक भेट्न लागेका हुन् ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *