काठमाडौं । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले संसदीय दलको नेताको जिम्मेवारी आफैँ लिएकी छन् । दलको नेता हेरफेर जानकारीबारे नाउपाको पत्र संसद सचिवालयमा दर्ता भएको छ ।
यसअघि दलको नेता रहेका गंगाराम चौधरीले पार्टीको हितविपरीत कार्य गरेको र स्पष्टीकरण सोधिएकोमा सन्तोषजनक जवाफ प्राप्त नभएको भन्दै निजलाई कारबाही गरेकोले रिक्त पदमा अध्यक्ष स्वयंले भूमिका निभाउने पत्रमा उल्लेख छ ।
पत्रको बोधार्थ निर्वाचन आयोगलाई पनि दिइएको छ ।

Leave a Reply