काठमाडौं । नेपाल शिक्षक महासंघले भदौ दोस्रो साताबाट गरेकाे आन्दोलनको घोषणाविरुद्ध सर्वोच्चमा रिट निवेदन परेको छ ।
कानून अध्ययनरत विद्यार्थीहरु अर्जुन शाह र राहुल साहोले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका हुन् । उनीहरुले नेपाल सरकार शिक्षा मन्त्रालय र शिक्षक महासंघलाई विपक्षी बनाएर रिट दर्ता गराएका हुन् ।
उनीहरुले संविधान प्रदत्त बालबालिकाको शिक्षाको अधिकार, संविधानको धारा र बालबालिकाको हक संरक्षणसम्बन्धी व्यवस्थामा रहेर रिट दिएको उल्लेख गरेका छन् ।
उनीहरुले शिक्षक महासंघको आन्दोलनले विद्यार्थीहरुको पठनपाठन ठप्प हुने हुँदा उनीहरुको अधिकार खोसिने भन्दै त्यसो गर्नलाई रोक्न निवेदन दिएको उल्लेख गरेका छन् ।
आफ्ना मागहरु पूरा नगरेको भन्दै शिक्षक महासंघले भदौको दोस्रो साताबाट आन्दोलन गर्ने घोषणा गरेको छ ।

Leave a Reply