दोलखा युवा संघको पहिलाे बैठक सम्पन्न

चरिकोट । राष्ट्रिय युवा संघ नेपाल, दोलखा जिल्ला कमिटीको पहिलो बैठक सम्पन्न भएकाे छ । नेकपा एमालेका दाेलखा जिल्ला इञ्चार्ज तथा पूर्वसूचना तथा सञ्चार प्रविधिमन्त्री पार्वत गुरुङको प्रमुख आतिथ्यतामा सदरमुकाम चरिकोटमा बैठक सम्पन्न भएको हो ।

जिल्ला संयोजक सुरज खडकाको अध्यक्षतामा सम्पन्न उक्त बैठकमा बागमती प्रदेश सरकारका वन तथा वातावरण मन्त्री भरतबहादुर केसी र एमाले दोलखा जिल्ला अध्यक्ष नरबहादुर श्रेष्ठ विशेष अतिथि रहेकाे संघले जनाएकाे छ ।

राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय सदस्य एवं जिल्ला इञ्चार्ज सरोज बस्नेत, केन्द्रीय सदस्य सुजन श्रेष्ठ र शिक्षा विज्ञान तथा प्रविधि विभागका सदस्य विशाल काफ्ले खत्री अतिथिका रुपमा सहभागी थिए ।

बैठकले संगठनलाई अधिवेशन केन्द्रित रहेर हरेक वडा र पालिकाको अधिवेशन अगामी मंसिरसम्म सम्पन्न गर्ने र त्यसपछि अधिवेशन गर्ने निर्णय गरेको छ । भदौ २० देखि २२ गतेसम्म हुने पार्टीको दोश्रो विधान महाधिवेशनको विषयमा छलफल छलफल भएकाे थियाे ।

बैठककै सन्दर्भमा प्रदेश मन्त्री भरतबहादुर केसी, संगठनका केन्द्रीय जिम्मेवारीमा रहेका सरोज बस्नेत, सुजन श्रेष्ठ, विशाल काफ्ले खत्री र जिल्ला संयोजक सुरज खडकालाई बधाई दिँदै शुभकामना कार्यक्रमको आयोजना गरिएको थियो ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *