काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद सुदन किरातीले उपसभामुख इन्दिरा राना मगरमाथि उठेको प्रश्नको बिट मार्नको लागि न्यायिक छानबिन हुनुपर्ने बताएका छन् ।
प्रतिनिधिसभाको बैठकमा बोल्दै कांग्रेस एमालेले अहिले संवैधानिक परिषद्मा बहुमत पुर्याउनको लागि हटाउन खोजेको आरोप लगाए ।
उनले भने, ‘उपसभामुखमाथि लागेको आरोपको बिट मार्ने हो भने न्यायिक छानबिन हुनुपर्छ । तर, संवैधानिक परिषद्मा बहुमत पुर्याई आफन्तको भर्तीकेन्द्र बनाइ निरंकूश शैलीमा शासन सत्ता चलाउने तानाशाही प्रवृत्ति मान्य हुनेछैन ।’
आफूलाई सुशासन र लोकतन्त्रको पहरेदार भन्ने ठूला पार्टीहरूले देशलाई असफलतातिर धकेलिरहेको उनले आरोप लगाए ।

Leave a Reply