काठमाडौं । काठमाडौंको विभिन्न स्थानमा २४ घण्टामा २२ वटा घटना भएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार मंगलबार बिहानदेखि बुधबार बिहानसम्मको २४ घण्टाको समयमा २२ वटा घटना भएको हो । परिसरले दैनिक गतिविधि सार्वजनिक गर्नेक्रममा एकदिनकाे घटना सार्वजनिक गरेकाे हाे ।
घाेडाले हानेर घाइते भएकादेखि आत्महत्या प्रयास गरेकाेसम्म घटना भएकाे प्रहरीले बुलेटिन मार्फत जानकारी दिएकाे छ । प्रहरीले फैसला कार्यन्वयनका क्रममा ७ जना पक्राउ समेत गरेकाे थियाे ।
सवारी दुर्घटना ८ वटा, लुटपाट १ चाेरी १ लुटपाटमा संलग्न एक जनालाई नियन्त्रणमा लिएकाे छ भने कुटपीट १, मानिस नियन्त्रण १, घाेडाले हानी घाइते १, झुण्डी आत्महत्या प्रयास १, विषादी सेवन २, लडेर १, उपचारकाे लागि पठाइएकाे ४ गरी २२ वटा घटना भएकाे परिसरले बुलेटिनमार्फत जनाएकाे छ ।

Leave a Reply