काठमाडौं । अमेरिकी अर्थमन्त्री स्कट बसेन्टले भारतमाथि थप प्रतिबन्ध लाग्न सक्ने चेतावनी दिएका छन् ।
अमेरिकी समाचार च्यानलसँगको अन्तर्वार्तामा उनले रुसबाट सस्तोमा तेल किनेर रिफाइन गरेपछि भारतले महँगोमा बिक्री गर्दै मुनाफा कमाएको आरोप लगाएका छन् । डोनाल्ड ट्रम्प प्रशासनले भारतमाथि ५० प्रतिशत भन्सार कर लगाएकै बेला अर्थमन्त्रीले भारतले युक्रेन युद्धको मौका छोपेर ४० प्रतिशत तेल खरिद बढाएको आरोप लगाएका छन् ।
भारतले युद्धको मौकामा नाफाखोर व्यवहार देखाएको भन्दै उनले यसबीचमा १६ अर्ब नाफा कमाएको आरोप दिल्लीमाथि लगाएका छन् । यो सबै कमाइ भारतका केही धनी परिवारमा पुगेको उनको दाबी छ ।
अमेरिकी अर्थमन्त्रीले यदि ट्रम्प र रुसी राष्ट्रपति पुछिटनबीचको वार्तामा नयाँ सहमति नभएको अवस्थामा भारतमाथि रुसी तेल किनेर नाफाखोरी चलाएको सन्दर्भमा थप प्रतिबन्ध लाग्न सक्ने चेतावनी दिएका छन् ।

Leave a Reply