टप इन्ड सिरिजः मेलबर्नविरुद्ध नेपाल ब्याटिङमा, ऐरीले कप्तानी गर्दै

काठमाडौं । अष्ट्रेलियामा जारी टप इन्ड सिरिज अन्तरगत आफ्नो चौंथो खेलमा नेपालले टस जितेर ब्याटिङ रोजेको छ । आज नेपालको कप्तानी उपकप्तान दिपेन्द्रसिंह ऐरीले गर्दैछन् ।

कप्तान रोहितकुमार पौडेललाई विश्राम दिएर दिपेन्द्रलाई कप्तानी दिइएको हो । अघिल्लो म्याचमा दिपेन्द्रलाई विश्राम दिइएको थियो । यो प्रतियोगितामा नेपालका प्रशिक्षकले सबै खेलाडीहरुलाई पालैपालो अवसर दिइरहेका छन् ।

नेपाली टीममा आज सन्दीप लामिछानेलाई रेस्ट दिइएको छ । उनो स्थानमा साहब आलम विशेषज्ञ स्पिनरका रूपमा समावेश भएका छन् । यसैगरि अलराउन्डरद्वय रुपेश सिंह र गुल्शन झाले पनि कमब्याक गरेका छन् । करणलाई बाहिर राखेर सोमकाल कामीलाई प्लेइङ ११ मा समावेश गरिएको छ ।

विकेटकिपर तथा ओपनर आसिफ शेखलाई बाहिर राखिएको छ । लोकश बमले नेपालको विकेटकिपिङ सम्हालेका छन् ।

यस्तो छ नेपालको प्लेइङ ११

दीपेन्द्र सिंह ऐरी (कप्तान)

लोकश बम (विकेटकिपर)

कुशल भुर्तेल

भीम सार्की

आरिफ शेख

कुशल मल्ल

गुल्शन झा

रुपेश सिंह

सोमपाल कामी

नन्दन यादव

साहब आलम

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *