गौर हत्याकाण्डबारे सर्वोच्चको परमादेशपछि गृहमन्त्रीले सुरक्षा प्रमुखसँग गरे छलफल

काठमाडौं । सर्वोच्च अदालतले गौर हत्याकाण्डको अनुसन्धान अघि बढाउन परमादेश दिएपछि गृहमन्त्री रमेश लेखकले सुरक्षा निकायका प्रमुखहरूसँग अनौपचारिक छलफल गरेका छन् ।

२०६३ सालमा गौरमा भएको हत्याकाण्डको अनुसन्धान अघि बढाउन सोमवार अदालतले जिल्ला प्रहरी कार्यालय रौतहट र सरकारी वकिलको कार्यालयका नाममा परमादेश जारी गरेको थियो ।

२७ जनाको नृशंस हत्या भएको सो घटनामा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवसहित १३० जनाको विभिन्न खाले भूमिका रहेको भनिएको थियो ।

सर्वोच्चको परमादेशपछि गृहमन्त्री लेखकले मंगलवार गृह मन्त्रालयमा नेपाल प्रहरी,सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरूलाई बोलाएर परामर्श गरेको स्रोतले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *