रविलाई भिटामिन डीको कमी, डाक्टर नख्खु कारागार पुगे

काठमाडौं । रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेको भिटामिन ‘डी’ को कमी देखिएको छ ।

हिजो अस्वस्थपछि गरिएको रगत परीक्षणको रिपोर्टमा उनलाई भिटामिन डी को कमी देखिएको डा. जितेन्द्रप्रसाद यादवलाई उद्धृत गर्दै प्रवक्ता मनिष झाले जानकारी दिए ।

उनले भने, ‘रूपन्देही कारागारमा १२६ दिनसम्म भित्र नै थुनेर राखेको, बाहिरी हावा नपाएको । धेरै दिनसम्म शरीरले घाम नपाएको कारण यस्तो भएको भन्ने राय डाक्टर सा’वको ।

डाक्टर यादव जितेन्द्रप्रसाद यादव आवश्यक स्वास्थ परामर्शका लागि लामिछानेलाई भेट्न नख्खु कारागार पुगेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *