कांग्रेससँग सल्लाह गरेर सांसदहरूको हस्ताक्षर लिइएको होइन, संयोगले एकैदिन परेको हो : योगेश भट्टराई (भिडिओ)

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले पार्टीले सांसदहरूको हस्ताक्षर लिनुलाई सामान्य रूपमा लिनुपर्ने बताएका छन्।

एमाले र कांग्रेस दुवै पार्टीले उपसभामुख इन्दिरा रानालाई हटाउने तयारी गरेर सांसदहरूको हस्ताक्षर गराइरहेको बेलामा सचिव भट्टराईले यस्तो बताएका हुन्।

संसदीय दलको कार्यालय बाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले भने, ‘यस्तो हस्ताक्षर अहिले मात्रै होइन ०८४ सालदेखि चलिआएको चलन हो। यो नेपालमा मात्रै होइन हाम्रो जस्तो संसदीय अभ्यास भएका देशहरूमा पनि चल्छ। दलले पार्टीका सांसदहरूको हस्ताक्षर लिइराखेको हुन्छ। कुनै बेला अपर्झट प्रस्तावहरू दर्ता गर्नुपर्ने हुनसक्छ। त्यसैले पूर्वतयारका लागि हस्ताक्षर लिन्छौँ।’

उनले कांग्रेस र एमालेले सल्लाह नै गरेर सांसदहरूको हस्ताक्षर नलिएको बताए। उनले थपे, ‘कांग्रेस र हामीले सल्लाह गरेर हस्ताक्षर लिएका होइन। एकै दिन परेको होला। संयोग हो। हस्ताक्षर महाअभियोग, सरकार बदल्नमा पनि प्रयोग हुन्छन्।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *