विद्या भण्डारीको कार्यक्रममा नजान कार्यकर्तालाई एमाले संस्थापनको उर्दी

विराटनगर । नेकपा एमालेको संस्थापन पक्षले पूर्वराष्ट्रपति विद्या भण्डारीको कार्यक्रममा नजान पार्टी पंक्तिलाई निर्देशन दिएको छ । हिजोदेखि मोरङमा रहेर पार्टीका कार्यकर्ता भेटिरहेकी भण्डारीको कार्यक्रममा नजान एमालेको विराटनगर महानगर इन्चार्ज पर्शुराम बस्नेतले उर्दी जारी गरेका हुन् ।

उनले भनेका छन्, ‘केही सामाजिक सञ्जाल, फोन र मेसेजमार्फत आज भदौ ३ गते (मंगलबार) दिउँसो १२ बजे नेकपा (एमाले) जिल्ला कार्यालयमा पार्टी कार्यकर्ता भेलाको कार्यक्रम रहेको भनी प्रचार गरिएको पाइएको छ ।’

नेकपा (एमाले) को केन्द्रीय, प्रदेश वा जिल्ला तहबाट त्यस प्रकारको कुनै पनि कार्यक्रम निर्धारण नगरिएको उनले सर्कुलरमा उल्लेख गरेका छन् ।

बस्नेतले थपेका छन्, ‘जिल्ला कार्यालय वा विराटनगर महानगरपालिकाभित्र पार्टीको कुनै पनि औपचारिक कार्यक्रम तय गरिएको छैन । तसर्थ, सो झूटो प्रचारप्रसारप्रति नझुक्किनुहुन सम्पूर्ण नेता, कार्यकर्ता तथा पार्टीप्रेमी जनसमुदायमा हार्दिक अनुरोध गर्दछु ।’

हिजो भण्डारी विराटनगर उत्रिँदा पनि यसअघि भण्डारीको स्वागतमा देखिने नेताहरू गएनन् । यसअघि पूर्वमुख्यमन्त्री एवं कोशीका इञ्चार्ज शेरधन राईदेखि, मुख्मन्त्री हिक्मतकुमार कार्की साथै मन्त्रीहरू विमानस्थल जाने गरेका थिए ।

हिजो भण्डारीको स्वागतमा प्रदेश सरकारकी राज्यमन्त्री सिर्जना राई र एमाले प्रदेश कमिटीका सचिव राजकुमार भण्डारी पुगेका थिए ।

भण्डारी आजै काठमाडौं फर्किँदैछिन् ।

Comments

2 responses to “विद्या भण्डारीको कार्यक्रममा नजान कार्यकर्तालाई एमाले संस्थापनको उर्दी”

  1. bharat kumar thapa Avatar
    bharat kumar thapa

    विद्या भण्डारीको मा नि जाने एमालेलाई पनि भोट हाल्ने बढी भए पार्टी सदस्य खोस्ने होला खोसुन म २०३६ सालदेखि अनेरास्ववियु हुदै पार्टीको विभिन्न जनवर्गीय फाटमा काम गर्दै आएको हो पार्टी सदस्य खोसे पनि म एमाले छोड्दिन

  2. पुर्ण Avatar
    पुर्ण

    ओलिको नौटङ्किले सबैलाई डुबाए अन्तिम्म८४ को चुनाबमा आफै डुब्दैछन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *