काठमाडौं । टप इन्ड सिरिज अन्तरगत नेपालले आज आफ्नो चौंथो म्याचमा होबार्ट हुरिकेन्सविरुद्ध टस जितेर पहिले ब्याटिङ रोजेको छ ।
प्रतियोगिताको पहिलोपटक नेपाल पहिलो इनिङमा ब्याटिङमा उत्रिने भएको हो ।
यसअघि तीन म्याच हारेको नेपाललाई लगातार चौथो हार टार्ने दवाव छ ।
नेपालले आज आफ्नो प्लेइङ ११ मा महत्वपूर्ण परिवर्तन गर्दै अलराउन्डरद्वय दिपेन्द्र सिंह ऐरी र गुल्शन झालाई बाहिर राखेको छ ।
लोकेश बम प्लेइङ ११ मा फिर्ता आएका छन् । यस्तै फास्ट बलर नन्दन यादवलाई पनि फिर्ता ल्याइएको छ । नेपालले आज एकसाथ तीन फास्ट बलरहरुलाई स्थान दिएको छ ।
करण केसी, नन्दन याद र रिजन ढकालले फास्ट बलिङ सम्हाल्नेछन् । विशेषज्ञ स्पिनरमा भने सन्दीप लामिछाने मात्रै रहनेछन् ।
नेपालको प्लेइङ ११ः
रोहित पौडेल (कप्तान)
आसिफ शेख (विकेटकिपर) लोकश बम
सन्दीप लामिछाने
कुशल भुर्तेल
भीम शार्की
आरिफ शेख
कुशल मल्ल
करण केसी
रिजन ढकाल
नन्दन यादव

Leave a Reply