एमालेका सांसदलाई आकस्मिक रूपमा दलको कार्यालयमा बोलाइयो, यस्तो छ कारण

काठमाडौं । सत्तारुढ नेकपा एमालेले आफ्ना सांसदहरूलाई आकस्मिक रूपमा संसदीय दलको कार्यालयमा बोलाएको छ ।

जरुरी र महत्त्वपूर्ण विषयमा छलफल गर्न भन्दै एमालेका सांसदहरूलाई बिहान साढे १० बजे संसदीय दलको कार्यालयमा उपस्थित हुन सूचना पठाइएको एक सांसदले बताए ।

छलफलको विषयवस्तु प्रस्ट पारिएको छैन । तर संसदमा विचाराधीन र विवादित कतिपय विधेयकहरूको बारेमा दलको धारणा बनाउन आकस्मिक छलफल आयोजना गरिएको बताइएको छ ।

यसबाहेक कांग्रेस र एमालेले उपसभामुख इन्दिरा रानामगरलाई हटाउन संसदमा महाअभियोग प्रस्ताव लैजाने छलफल समेत भइरहेकाले सांसदहरूलाई हस्ताक्षरका लागि बोलाइएको अनुमान समेत गरिएको छ ।

उपसभामुख रानामगरले संसद सचिवालयको लेटरप्याडमा विभिन्न व्यक्तिलाई अमेरिकाको भिसाका लागि पत्र लेखेको आरोपमा उनीमाथि छानबिनको माग भइरहेको थियो ।

उपसभामुख संवैधानिक परिषद्को सदस्य हुने भएकाले हाल संवैधानिक परिषदमा कांग्रेसको प्रतिनिधित्व नहुँदा रानामगरलाई हटाउने प्रयास यसअघि पनि भएको थियो ।

Comments

One response to “एमालेका सांसदलाई आकस्मिक रूपमा दलको कार्यालयमा बोलाइयो, यस्तो छ कारण”

  1. Ra Avatar
    Ra

    Mission 84. Say no to NC and UML

Leave a Reply

Your email address will not be published. Required fields are marked *