विद्यालय शिक्षा विधेयक अन्तिम चरणमा, यस्ताे छ समितिको सार्वजनिक प्रतिवेदन

काठमाडौं । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सचिवालयले तयार पारेको विद्यालय शिक्षा विधेयक, २०८० का सम्बन्धमा समितिको प्रतिवेदन समितिमा पेश गरेको छ ।

शिक्षा समितिका सचिव दशरथ धमालाले समितिको सोमबार बसेको बैठकमा पेश गरेको प्रतिवेदन समितिले सार्वजनिक गरेको हो ।

४२ पृष्ठको प्रतिवेदन सोमबारको बैठकमा समितिमा सदस्यलाई वितरणसमेत गरिएको छ ।

वितरण भएको समितिको प्रतिवेदन समितिका सदस्यले ५ गतेसम्म अध्ययन गर्ने र ५ गते बिहान ८ बजे बस्ने बैठकमा उक्त प्रतिवेदमाथी छलफल गरेर प्रतिवेदन पारित गर्ने तयारी गरिएको समितिका सभापति अम्मरबहादुर थापाले जानकारी दिए ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *