काठमाडौं । गौर हत्याकाण्डबारे सर्वोच्च अदालतको फैसलापछि आम जनता पार्टीका अध्यक्ष प्रभु साहले न्यायको जित भएको प्रतिक्रिया दिएका छन्।
२०६३ सालमा तत्कालीन माओवादी र मधेशी जनअधिकार फोरमबीच भएको झडप र २७ माओवादी कार्यकर्ता मारिएको घटनामा अनुसन्धान गर्न सर्वोच्चले आज परमादेश जारी गरेको छ।
सर्वोच्चको फैसलापछि उनले लेखेका छन्, ‘आज सर्वोच्च अदालतले गौर हत्याकाण्डको मुद्दा अगाडि बढाउन गरेको आदेशबाट न्यायको जीत भएको छ । विगत लामो समयदेखि अनवरत संघर्षरत एवं न्यायको पर्खाईमा रहेका बिभत्स गौर नरसंहारका पीडितहरूमा न्याय पाउने आशा र विश्वास बढेर गएको छ ।’
आजबाट निर्वाद रूपमा शीघ्र न्याय निरुपण भई दोषीहरु कानुनको दायरामा आउने विश्वास व्यक्त गरेका छन्।
प्रभु साहसमेतले गौर हत्याकाण्ड जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले गराएको आरोप लगाउँदै आएका छन्।

Leave a Reply