१९ वर्षअघिको गौर हत्याकाण्डको अनुसन्धान अघि बढाउन सर्वोच्चको परमादेश

काठमाडौं । सर्वोच्च अदालतले २०६३ सालमा तत्कालीन माओवादी र मधेशी जनअधिकार फोरमबीच भएको झडप र २७ माओवादी कार्यकर्ता मारिएको गौर हत्याकाण्डको अनुसन्धान अघि बढाउन परमादेश जारी गरेको छ ।

त्रिभुवन साहले दायर गरेको रिटमाथि सोमवार सुनुवाइ गर्दै न्यायाधीश तिलप्रसाद श्रेष्ठ र नित्यानन्द पाण्डेको इजलासले सरकारी वकिलको कार्यालय रौतहट र जिप्रका रौतहटका नाममा सो आदेश दिएको हो ।

तत्कालीन मधेशी जनअधिकार फोरमका अध्यक्ष समेत रहेका हाल जसपा अध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री उपेन्द्र यादवमाथि समेत अनुसन्धान माग गर्दै माओवादी कार्यकर्ता साहले रिट दायर गरेका थिए । प्रभु साहसमेतले गौर हत्याकाण्ड उपेन्द्र यादवले गराएको आरोप लगाउँदै आएका छन् ।

तत्कालीन मधेशी जनअधिकार फोरम र नेकपा माओवादीका कार्यकर्ताबीचको विवादले उग्ररुप लिँदा २०६३ चैत ७ गते रौतहटको गौरमा २७ जनाको हत्या भएको थियो ।

राजनीतिमा ‘गौर नरसंहार’ को रुपमा चर्चित यो घटनाका दोषीहरुलाई अहिलेसम्म सरकारले कारबाही गर्न सकेको छैन । मंगलबार गौर हत्याकाण्डका पीडितद्वारा गठित संघर्ष समिति र गृह मन्त्रालयबीच ५ बुँदे सहमति भएको थियो । सो घटनामा माओवादीको भ्रातृ संगठन वाईसीएलका २७ जनाको हत्या भएको थियो ।
गौर हत्याकाण्ड र यसबारे विकसित राजनीतिक घटनाक्रम बुझ्न यी समाचार पनि पढ्नुहोस्-

वाईसीएलका २७ नेता मारिएको ‘गौर नरसंहार’- उपेन्द्र यादव र प्रभु साह प्रस्ट, माओवादीको ‘स्ट्याण्ड’ के ?

जसपामा ‘गौर हत्याकाण्ड’को परकम्प- प्रधानमन्त्रीलाई भेटेर उपेन्द्रले के भने ?

Comments

One response to “१९ वर्षअघिको गौर हत्याकाण्डको अनुसन्धान अघि बढाउन सर्वोच्चको परमादेश”

  1. कमल Avatar
    कमल

    अब उपेन्द्र यादब मन्त्री बन्ने निश्चित देखियो है।

Leave a Reply

Your email address will not be published. Required fields are marked *