काठमाडौं । उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले मन्त्रालयका सचिव गोपाल प्रसाद सिग्देलसँग आर्थिक वर्ष ०८२/०८३ का लागि कार्यसम्पादन सम्झौता गरेका छन्।
सहरी विकास मन्त्रालयको सभा हलमा उपप्रधानमन्त्री सिंहसँग चालु आर्थिक वर्षमा गरिने मुख्य काम र हासिल हुने उपलब्धिका लागि सचिव सिग्देलले कार्यसम्पादन सम्झौता गरेको उपप्रधानमन्त्री सिंह सचिवालयले जनाएको छ।
सम्झौता गर्दा उनले कार्य सम्पादनलाई छिटो र प्रभावकारी बनाउन निर्देशन दिँदै इमानदारीपूर्वक पालना गर्न आग्रह गरे।
उनले भने, ‘अघिल्लो आर्थिक वर्षमा समयमा काम हुन नसक्दा लक्ष्य हासिल गर्न सकिएको छैन। समयमा योजनाहरू किन सकिएनन् ? कर्मचारीहरूले निर्वाह गर्नुपर्ने भूमिका इमानदार भएर पूरा गर्नुपर्यो। समयमा गर्नुपर्ने निर्णय समयमा हुनुपर्यो। पन्छने प्रवृत्तिले समयमा काम हुन सक्दैन। गर्नुपर्ने काम समयमा गर्नुस्।’
सहरी विकास मन्त्रालय विकास निर्माणसँग सम्बन्धित मन्त्रालय भएको भन्दै जनतालाई छिटो रिजल्ट दिनुपर्ने भन्दै काममा केन्द्रित हुन निर्देशन दिए।

Leave a Reply