त्रिविको कानूनमा रहेका त्रुटिहरू सच्याउन माग गर्दै उपकुलपतिको ध्यानाकर्षण

काठमाडौं । नेकपा एमाले युवा विद्यार्थी विशेष जिल्ला कमिटी सचिवालय सदस्य धर्मराज तिमिल्सिनाले त्रिभुवन विश्वविद्यालयको कानूनमा रहेका त्रुटिहरू सच्याउन त्रिभुवन विश्वविद्यालय उपकुलपतिको ध्यानाकर्षण गराएका छन्।

त्रिभुवन विश्वविद्यालय जस्तो गरिमामय संस्थाले त्रिभुवन विश्वविद्यालय सङ्गठन तथा शैक्षिक प्रशासन नियम २०५० मा अघिल्लो संशोधनहरू नै गायब पारेर नियमावली प्रकाशित गरिएकोप्रति सजग गराएका छन्।

त्रिभुवन विश्वविद्यालय शिक्षक कर्मचारी सेवा सम्बन्धी नियम २०५० मा महिलालाई २३ प्रतिशत आरक्षण नभई ३३ प्रतिशत हुनुपर्ने माग राखेका छन् ।

यस्तै, स्ववियुमा विद्यार्थी संगठनको चुनाव चिन्हबाट निर्वाचित भएपछि संगठनको हितविपरीत, अनियमितता र भ्रष्टाचारजन्य कार्य गर्दा कारबाही गरेपछि पद स्वतः रिक्त हुने व्यवस्था गर्न ध्यानाकर्षण गरिएको छ । यसैगरी त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयको कार्यशैली सुधार गर्न समेत ध्यानाकर्षण गराएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *