विराटनगर झरेकी विद्याले भनिन्- एमालेको हितमा लाग्छु, मलाई गुट चलाउन आउँदैन (भिडिओ)

विराटनगर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफूलाई गुट चलाउन नआउने बताएकी छन् ।

विराटनगरमा पत्रकारसँग बोल्दै भण्डारीले आफूले कुनै गुट नचलाएको बताइन् ।

उनले पत्रकारले राखेको जिज्ञासामा भनिन्, ‘म एमाले हो एमालेको हितमा लाग्छु ।’

उनले आफू एमालेबाटै राष्ट्रपति भएकाले पदबाट फिर्ता भएपछि एमाले नै भएको दाबी गरिन् ।

उनले भनिन्, ‘राष्ट्रपतिबाट फर्किएपछि आफूले एमालेको सङगठित सदस्यको नवीकरण गरेको दाबी गरिन् ।’

भण्डारीले आफू एमालेकै कार्यकर्ता भएको भन्दै सदस्यताबारे धेरै छलफल गर्न आवश्यक नरहेको बताएकी छन् ।

Comments

One response to “विराटनगर झरेकी विद्याले भनिन्- एमालेको हितमा लाग्छु, मलाई गुट चलाउन आउँदैन (भिडिओ)”

  1. ksp pyl Avatar
    ksp pyl

    राष्ट्रपति भैसकेको व्यक्ति त्यहि हैसियतमा बस्नु अनि इज्जत हुन्छ । धेरै लोभ गर्दा र महत्वाकाँक्षी हुँदा न पूर्व राष्ट्रपतिको हैसियत न एमालेको नेता ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *