८४ को चुनावमा आफ्नो विचारको बलमा प्रतिस्पर्धा गर्छौँ : विप्लव

काठमाडौं । नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले अब नेपालमा एउटा केन्द्रीकृत र सही विचार बोकेको कम्युनिस्ट पार्टीको आवश्यक रहेको बताएका छन्। सबै कम्युनिस्ट र माओवादी शक्तिहरूबीच गहिरो बहस गरेर नयाँ ध्रुवीकरण आवश्यक रहेको उनले बताए।

पार्टीको एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘यो कुनै पार्टीमा गएर मिल्ने वा कसैलाई खाने कुरा होइन, यो त देशको आवश्यकता हो। माओवादी आन्दोलनलाई एकताबद्ध गर्न हामी तयार छौँ। तर अहिलेकै वरिपरि घुमेर होइन, नयाँ विचार र नयाँ आधारमा एकता आवश्यक छ।’

आगामी २०८४ को चुनावमा आफ्नो पार्टीले पैसाको बलमा नभई विचार र व्यवहारको बलमा प्रतिस्पर्धा गर्ने बताए। देशका प्रमुख राजनीतिक दलहरूले समाजवादको नारालाई खोक्रो बनाएको र व्यवहारमा दलाल पुँजीवादलाई संरक्षण दिइरहेको उनले बताए।

नेताहरू भ्रष्टाचारमा लिप्त हुँदा युवाहरूमा चरम निराशा छाएको र देश दलाल, तस्कर र मानव बेचबिखन गर्नेहरूको चंगुलमा फसेको आरोप लगाए।

उनले थपे, ‘अहिले कस्तो अवस्था छ भने कांग्रेसभित्रको भ्रष्टाचारको कुरा अर्को कांग्रेसले नै भन्छ, एमालेका नेताहरूले एक अर्कालाई भ्रष्टाचारीको सूची सार्वजनिक गर्छन्, माओवादीभित्र कोही अरबपति भइसक्यो, कोही सडकमा छ भन्ने बहस छ। यो सबै देख्दा जनता वाक्क भएका छन्। त्यसैले पुराना पार्टी र पुराना नेता काम छैनन् भन्ने आवाज बजारमा आएको छ।’

Comments

One response to “८४ को चुनावमा आफ्नो विचारको बलमा प्रतिस्पर्धा गर्छौँ : विप्लव”

  1. samir Avatar
    samir

    माओवादी हत्याराहरु त जेल जाउ, चुनावमा होइन!

Leave a Reply

Your email address will not be published. Required fields are marked *