अवरुद्ध महाकाली राजमार्ग सञ्चालनमा

खलङ्गा । पहिरोले अवरुद्ध भएको महाकाली राजमार्ग सञ्चालनमा आएको छ ।

आइतबार रातिको अविरल वर्षाका कारण राजमार्गअन्तर्गत गोकुलेश्वर-दार्चुला सडकखण्डको मालिकार्जुन गाउँपालिका-३ तेर्छालेक र शैल्यशिखर नगरपालिका-६ को रनेबासमा पहिरो खसेको थियो ।

पहिरो पन्छाइएसँगै राजमार्ग बिहान ११ बजेपछि सञ्चालनमा आएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले जानकारी दिए ।

राजमार्ग खुलेसँगै बन्द रहेको सवारी आवागमन सञ्चालनमा आएको छ ।

सवारी साधन सञ्चालन आएसँगै अलपत्र यात्रु पनि आ-आफ्नो गन्तव्यतर्फ लागेका प्रहरीले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *