टप इन्ड सिरिजः आसिफ शेखको संघर्षपूर्ण अर्धशतक

काठमाडौं । अष्ट्रेलियामा जारी टप इन्ड टी-२० सिरिजमा नेपालका ओपनर आसिफ शेखले संघर्षपूर्ण अर्धशतक प्रहार गरेका छन् ।

मेलबर्न क्रिकेट एकेडेमीविरुद्धका खेलमा उनले ४८ बलमा अर्धशतक पूरा गरे ।

प्रतियोगितामा नेपाली ब्याट्सम्यानको यो दोस्रो अर्धशतक हो ।

आसिफले आफ्नो इनिङको सुरुवात निकै सुस्त गतिमा गरेका थिए । तर, विस्तारै उनले लय समात्दै केही आकर्षक बाउन्ड्रीहरु निकाल्न सफल भए ।

उनले आफ्नो अर्धशतकीय इनिङमा एक छक्का र तीन चौका प्रहार गरिसकेका छन् ।

प्रतियोगितामा पहिलो जितको खोजीमा रहेको नेपालले आज १७६ रनको लक्ष्य पाएको छ । सो लक्ष्य पछ्याउने क्रममा नेपालले यो समाचार तयार पार्दासम्म १६ओभरमा दुई ३ विकेट गुमाएर १२० रन जा्डेको छ ।

आसिफसँग बलियो साझेदारी गरेका कप्तान रोहित पौडेल २७ बलमा ३१ रन बनाएरु आउट भए ।

नेपालका लागि ओपनर कुशल भुर्तेलले विष्फोटक सुरुवात गर्दै १३ बलमा २५ रन बनाएका थिए । तेस्रो नम्बरमा आएका भिम सार्कीले एक रन मात्रै जोड्न सके । त्यसपछि रोहित र आसिफको साझेदारीले नेपाललाई अघि बढाएको थियो । तर, रोहितको विकेटले नेपाल फेरि दवावमा परेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *