काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको अघिल्लो आर्थिक वर्ष २०८०/८१ को तुलनामा गत आर्थिक वर्ष २०८१/८२ मा नाफा घटेको छ । गत आर्थिक वर्षमा नेपाल विद्युत् प्राधिकरणले ९ अर्ब ६ करोड नाफा कमाएको थियो । भने, अघिल्लो आवमा प्राधिकरणले १३ अर्ब ३१ करोड नाफा कमाएको थियो । अघिल्लो वर्षको तुलनामा गत आवमा प्राधिकरणको नाफा घटेको हो ।
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले विभिन्न कारणले गर्दा अघिल्लो वर्षको तुलनामा गत आर्थिक वर्षमा नाफा घटेको बताए । नाफा घट्नुको मूल्य कारण भनेको उद्योगबाट उठाउन बाँकी रहेको विद्युत् बक्यौता नजोडिएको बताए ।
उनले भने, ‘अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा करिब ५ अर्ब जति नाफा घटेको छ । यो बक्यौता उठ्दैन भन्ने होइन । तर, उठ्न बाँकी रहेको बक्यौता नाफामा जोडिएको छैन । विदेशी मुन्द्राको मूल्य वृद्धि भएको कारण पनि गत आवको नाफा घटेको हो । प्रशासनिक खर्च पनि वृद्धि भएको छ । चालु आवमा करिब १५ अर्ब जति नाफा कमाउन सकिन्छ होला ।’
अघिल्लो वर्षको तुलनामा गत आवमा प्राधिकरणको कुल सम्पत्ति ६।२ प्रतिशतले वृद्धि भएको छ । भने, कुल सम्पत्ति ६ खर्ब ८७ अर्ब ९१ करोड पुगेको छ । ग्राहक सङ्ख्या अघिल्लो वर्षको तुलनामा यस वर्ष ४।६ प्रतिशत पुगेको छ ।
आर्थिक वर्ष २०८१/८२ मा प्राधिकरणको प्रणालीमा ४३४ मेगावाट विद्युत् थपिएको छ । जसमा निजी क्षेत्रबाट २८० मेगावाट विद्युत् उत्पादन थप भएको हो ।

Leave a Reply