काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत ललितपुरस्थित नेपाल हृदय रोग निवारण प्रतिष्ठानलाई १ थान इसीजी मेसिन हस्तान्तरण गरेको छ । प्रतिष्ठानकै भवनमा उक्त मेसिन हस्तान्तरण गरिएको हो ।
मेसिन हस्तान्तरण कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष बलराम न्यौपाने, संस्थाका प्रमुख कार्यकारी अधिकृत नुमनाथ पौडेल लगायत सहभागी भएका थिए ।
कार्यक्रममा बोल्दै पौडेलले फस्र्ट माइक्रोफाइनान्सले वित्तीय पहुँचसँगै शिक्षा, स्वास्थ्य र सामुदायिक विकास क्षेत्रमा सातै प्रदेशमा निरन्तर योगदान पुराउँदै आएको उल्लेख गरे । इसीजी मेसिनको प्रयोगबाट हृदय रोगबाट पीडित बिरामीहरूले समयमै परीक्षण तथा उपचार पाउने सहयोग हुने छ ।
प्रतिष्ठानका अध्यक्ष बलराम न्यौपानेले इसीजी मेसिनको उपलब्धताले हृदय रोग परीक्षण गर्न सरल हुने र बिरामी उपचारमा सहजता आउने विश्वास व्यक्त गरे ।

Leave a Reply