प्रचण्डको क्यारिकेचर गर्दा कमेडियन विकास अर्याललाई धम्की

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डाको क्यारिकेचर गरिएको प्रस्तुति सार्वजनिक भएपछि कमेडियन विकास अर्याललाई फोनमा धम्की आएको छ । दुई दिनअघि सार्वजनिक कमेडी दरबारको नयाँ एपिसोडमा अर्यालले प्रचण्डको क्यारिकेचर गरेका थिए।

उक्त क्यारिकेचनमा एक घाइते पूर्वलडाकुसँग प्रचण्डको संवादलाई देखाइएको छ । संवादका क्रममा एउटा सन्दर्भमा ‘पाँच हजारको जिम्मा लिएपछि जुठै बारौं कि भन्ने लाग्यो’ भनेर बोलेका थिए । अर्को दृश्यमा नक्कली प्रचण्डले भन्छन्, ‘म युद्ध मात्रै लडेको होइन, चुनाव मात्रै लडेको होइन, अस्ति ट्वाइलेटमा पनि लड्या मान्छे हो ।’

यी दुई संवादलाई लिएर आफूलाई धम्कीपूर्ण फोन कल आएको कमेडियन विकास अर्यालले बताए । उनले भने, ‘म प्रचण्डको फ्यान हो भन्दै नयाँ नम्बरबाट फोन आएको थियो । किन प्रचण्डलाई त्यस्तो भनेको, त्यो तुरुन्तै हटाउनू नत्र राम्रो हुँदैन भनेर थर्काएको थियो । मैले केही नबोली फोन काटिदिएँ । नम्बरलाई ब्लकमा राखिदिएँ ।’

अर्याललाई हिजो बिहान फोन आएको थियो । कमेडी दरबारको नयाँ एपिसोडमा ‘माग्ने राजा’ चलचित्रको टिमलाई अतिथिको रुपमा बोलाइएको थियो ।

Comments

2 responses to “प्रचण्डको क्यारिकेचर गर्दा कमेडियन विकास अर्याललाई धम्की”

  1. हलुवाकाका Avatar
    हलुवाकाका

    ४ – ५ थप्पड हानेर पनि समाधान त गर्न सकिन्छ तर यो गुह्य प्रवृत्ति चाही रोक्नु पर्छ । नेतृत्वको क्यारिकेचर गरेर पेट पाल्ने भनुवालाई त के भनु ! तर वरू वालुवा इट्टा बोक्न जाउ ! १ २ महिना केको गाईजात्रा ! एउटा तरीका हुन्छ नि ! मान्छे त्यही उपस्थित भएमा त उसको धज्जी उडाउन पाइन्न ! के बोलेको ? तिहारको सिस्नुपानी देउसी’ गाइजात्रा र कमेडी क्लव ‘ कमेडी दरवार तुरुन्त व्यान्ड गरिनु पर्छ । कुनै कोणवाट पनि यी कार्यक्रम पाच्य छैनन । यीनका संचालक र उत्पादक एवं प्रस्तोतालाई कारवाही गर्नु पर्छ ।

  2. Nick Kashyap Avatar
    Nick Kashyap

    ब्य्गं गर्न पाइन्छ मज्जाले, को हो र त्यो छविलालको हुक्के, बिनाकाम नागरिकलाइ धम्क्याउने?

Leave a Reply

Your email address will not be published. Required fields are marked *