सर्वस्वसहित जन्मकैदको सजाए पाएका थारू १३ वर्षपछि पक्राउ

दाङ । कर्तव्यज्यान मुद्दामा सर्वस्वसहित जन्मकैदको सजाए पाएका एक व्यक्तिलाई बाँके प्रहरीले १३ वर्षपछि पक्राउ गरेको छ ।

२०६१ साल असार ३० गते बाँकेको नौबस्ता का गणेश वादीको हत्या गरी फरार भएका सोही ठाउँका आशाराम थारूलाई बाँके जिल्ला अदालतले २०६८ साल पुष २१ गते सर्वस्वसहित जन्मकैदको सजाए तोकेको थियो ।

हत्यालगत्तै फरार भएका उनलाई आज पक्राउ गरिएको बाँके प्रहरी प्रवक्ता डिएसपी दिपक पातलीले जानकारी दिए ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *