अस्थिरताको खोजी गर्नेहरु टिक्दैनन्, सरकार ढल्दैनः उपप्रधानमन्त्री पौडेल

पाल्पा । उपप्रधान तथा अर्थमन्त्री बिष्णु पौडेलले अस्थिरताको खोजी गर्नेहरु नटिक्ने र सरकार कुनै हालतमा नढल्ने बताएका छन् । अर्थमन्त्री पौडेलले प्रतिगामी तत्वहरु चलमाउने कोशिस गरेको भन्दै अहिले उनीहरु किनारामा लागेको बताए । ‘अब उनीहरु कहिल्यै उठ्न सक्दैनन् । उनीहरुले जन्मसिद्ध श्रेष्ठताको थोत्रो नारा बोकेर हिडेका छन्’ उनले भने ।

नेपाल पत्रकार महासंघ पाल्पा शाखाले तानसेनमाा गरेको पत्रकार भेटघाट कार्यक्रममा उपप्रधानमन्त्री पौडेलले मध्य वर्षामा खहरेहरु उर्लिने भन्दै राजनीतिमा पनि त्यस्तो देखिने बताए ।

उनले प्रतिगामी तत्वहरुमा राजनीतिक एजेन्डा नभएको भन्दै विरोधमा रमाएर, उद्देश्यविहिन ढंगले हिड्नेहरुको कुनै भविष्य नरहेको बताए । उनले भने, ‘खहरेको कुनै भविष्य छैन । वर्षा सकिएपछि खोलामा कमिला हिँड्छ । यो सरकार नै स्थिर सरकार हो । यो समिकरण नै स्थिर समिकरण हो ।’

उपप्रधानमन्त्री पौडेलले बल्ढेगगढीदेखि बाँकामलासम्मलाई सम्बोधन गरेको भन्दै कालीगण्डकी करिडोर पूर्ण रुपमा सम्पन्न गर्ने, रामपुर सुन्दरढुंगा सडक, मित्याल अरुणखोला सडक, बाँसटारी दुम्किबास सडक, माडी चक्रपथ, तानसेनको सौन्दर्यकरण, उदाउँदो सहरको रुपमा विकास गर्नुपर्ने बताए । आधुनिक सहरको पूर्वाधारको रुपमा विकास गर्नुपर्ने उनको भनाई छ ।

पाल्पाको तानसेनमा लिफ्टिङ खानेपानी सुरुवात भएको र त्यो कामलाई व्यवस्थापन गरी खानेपानी सहज बनाउन संघीय सरकारको प्राथमिकता दिएको उनले बताए । रानीमहललाई सुरक्षित र थप आकर्षक बनाउनुपर्ने उनले बताए ।

‘सिद्धार्थ राजमार्गको बुटवल पोखरा दुई घण्टाभित्र पुग्ने गरी स्तरोन्नति गर्दैछौं । कालीगण्डकी तिनाउ डाइर्भसनको डिपिआर तयार गरेर निर्माण कार्य आरम्भ गर्छौँ । मुद्दा मामिला र विवाद टुंगिएको छ’ उनले भने,‘पाल्पाको भगवती जात्राको विशेष महत्व छ । भगवती मन्दिर पुनर्निमाणका निम्ति बजेट व्यवस्था गरेका छौं । प्राचीन स्वरुपमा यसको पुनर्निमाण गर्नुहुनेछ भन्ने मलाई विश्वास छ ।

नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री बद्री प्रसाद पाण्डेयले पाल्पाको ढाका, करुवा ब्रान्डको रुपमा भएको भन्दै पाल्पालाई उर्वर र समृद्ध बनाउन सकिने बताए । पाल्पाको भगवती जात्रामा राष्टपति वा प्रधानमन्त्री आउने व्यवस्था मिलाउन सकियोस् भन्ने पाल्पाली जनताको माग सरकारले सुनेको भन्दै यस वर्ष विशेष कारणले सम्भव नभएको उनले बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *