काठमाडौं । फेदीखोला हाइड्रोपावर कम्पनीले शेयर निष्कासन गर्ने भएको छ । काठमाडौंमा भएको कम्पनीको साधारण सभाले शेयर निष्कासन गर्ने निर्णय गरेको हो ।
कम्पनीको अधिकृत पुँजी ६० करोडमा १० थप गरी ७० करोड पुर्याउने योजना छ । जसका लागि २५ प्रतिशत अर्थात् १७ करोड ५० लाख बराबरको सर्वसाधारणको लागि शेयर निस्काशन गर्ने निर्णय गरेको छ । शेयर सम्बन्धी कार्यान्वयनको लागि सञ्चालक समितिलाई अख्तियारी समेत दिएको छ ।
त्यस्तै, सभाले वन्डर्स ईनर्जी प्रालि (खिम्ती घ्वाङ्ग खोला ज.वि.आ. ९ मे.वा.) मा ५ करोड रुपैयाँ लगानी गर्ने प्रतिविद्धतासहित १ करोड र इस्र्टन ईनर्जी प्रालि (ईर्खुवा खोला ज.वि.आ. १५ मे.वा.) मा १५ करोड रुपैयाँ लगानी गर्ने प्रतिविद्धतासहित २ करोड ५० लाख गरेको लगानी पारित गरेको छ । थप लगानी गर्ने समेत निर्णय गर्दै कम्पनीको मुख्य लगानीमा वि.सं. २०९० साल भित्रमा कम्तीमा १०० मे.वा. क्षमताको आयोजना अगाडी बढाउने समेत निर्णय गरेको छ ।
साथै कम्पनीको नियमावली कम्पनीमा ५ जना सञ्चालकहरू रहनेमा अगामी कार्यकाल ४ वर्षको लागि संस्थापक (क) समूह बाट ३ जना चन्द्र प्रसाद बास्तोला, प्रकाश चन्द्र दुलाल र कविता अधिकारीलाई चयन गरेको कम्पनीले जानकारी दिएको छ ।
कम्पनीले भोजपुरको साल्पासिलिछो गाउँपालिका वडा नं ६ मा बहने फेदीखोलामा फेदीखोला (थुमलुङ्ग) मा निर्माण गरिरहेको आयोजना ४.३ मे.वा. वि.सं. २०८२ पौष अन्तिमसम्ममा सम्पन्न गर्ने गरि काम गरिरहेको छ ।
आयोजनाको निर्माण सम्पन्न गर्न ९४ करोड लाग्ने अनुमान गरिएको थियो । २०८१ साल श्रावण १५ गतेको बाढीको कारणले ४ करोड लागत वृद्धिभई ९८ करोड लाग्ने भएको छ । जसको ४९ प्रतिशत अर्थात् ४८ करोड स्वपुँजी शेयर धनीहरूबाट र बाँकी ५१ प्रतिशत अर्थात् ५० करोड राष्ट्रिय वाणिज्य बैकबाट ऋण स्वरूप जुटाइएको छ ।

Leave a Reply