विराटनगरको राधाकृष्ण रथथात्रा आज सुरक्षा अवस्था कडा

विराटनगर । विराटनगरमा आज राधाकृष्ण रथयात्रा निकालिँदै छ । श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट मनाइने ऐतिहासिक राधाकृष्ण रथयात्राको यो ५८औँ संस्करण हो । यस रथयात्रामा नेपाल र भारतबाट लाखौँ भक्तजन सहभागी हुने छन् । रथयात्रा दिउँसो ३ बजे सुरु हुने छ ।

यो ऐतिहासिक पर्वको अवसरमा कोशी प्रदेश सरकारले मोरङ, सुनसरी र झापामा सार्वजनिक बिदा दिएको छ । विराटनगरको तीनपैनीमा रहेको राधाकृष्ण मन्दिरबाट सुरु हुने रथयात्राले विराटनगर महानगरको ९ किलोमिटरको परिक्रमा गर्ने छ ।

राति करिब ९ बजे पुनः मन्दिरमा नै आएर समापन हुनेछ। यात्राका रथ तीनपैनी, मेनरोड, महेन्द्र चोक, बरगाछी जस्ता मुख्य चोकहरू हुँदै ४३ स्थानमा घुमाइने आयोजकले जनाएको छ । ।

वि सं १९८८ मा खटयात्राको रूपमा सुरु भएको यो परम्पराले २०२५ सालदेखि रथयात्राको रूप लिएको हो। यसले विराटनगरको धार्मिक र सांस्कृतिक पहिचानलाई जीवन्त राखेको छ। रथ यात्रामा विभिन्न जातजातिका सांस्कृतिक झाँकी, भजन मण्डली र नृत्य समूह समेत सहभागी हुने छन् ।

भक्तजनको उपस्थितिलाई मध्यनजर गर्दै मोरङ प्रशासनले सुरक्षा व्यवस्थालाई उच्च प्राथमिकतामा राखेको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *