कृषि विकास बैंकका शाखा प्रबन्धक गिरी मृत फेला

दाङ । रुकुम पूर्वको कृषि विकास बैंकका शाखा प्रबन्धक शिवशंकर गिरी मृत फेला परेका छन् ।

सिस्ने गाउँपालिका वडा नम्बर ५ बाहुनठाना स्थित कृषि विकास बैंकको आवासमा बैंक प्रबन्धक गिरी मृत फेला परेको जिल्ला प्रहरी कार्यालयले रुकुम पूर्वले जनाएको छ। ।

सल्यानको बागचौर ८ कोटमौलाका गिरी ५२ वर्षका थिए । गिरी शनिवार दिउँसो आफ्नै निवासमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रहरी डिएसपी उमाशंकर प्रसाद यादवले बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *