काठमाडौं । भारतका विदेश सचिव विक्रम मिश्री नेपालको दुईदिने औपचारिक भ्रमणमा आएका छन् ।
परराष्ट्र सचिव अमृतबहादुर राईको निमन्त्रणामा उनी प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारत भ्रमणको निम्तो दिन आज आएका हुन् ।
भ्रमणका क्रमका सचिवद्वयबीच नेपाल–भारत साझेदारीका विभिन्न पक्षका साथै कनेक्टिभिटी’, विकास सहयोग र पारस्परिक हितका विविध विषयमा केन्द्रित रहेर छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
यहाँ रहँदा भारतका विदेश सचिवले नेपालका उच्च अधिकारीहरूसँग पनि भेट गर्नेछन् ।


Leave a Reply